धनगढीको ऐश्वर्यमा अनेरास्ववियूको प्यानल विजयी

धनगढीको ऐश्वर्यमा अनेरास्ववियूको प्यानल विजयी


कैलालीको धनगढीस्थित ऐश्वर्य बहुमुखी क्याम्पसमा अनेरास्ववियूको प्यानल विजयी भएको छ । 

सभापतिमा कुबेर खड्का विजयी भएका छन् भने उप-सभापतिमा कमल न्यौपाने, सचिवमा दीपेन्द्र भट्ट, उप-सचिवमा हेमन्त महर, कोषाध्यक्षमा सुदासन चौधरी, सदस्यहरूमा शरद बराल, उमेश बम, मिना कुमारी जोशी, प्रदीप खड्का, दीपक जोशी, दीपकराज जोशी र आशा विष्ट विजयी भएका छन् । नेविसंघको दबदबा रहेको ऐश्वर्यमा अनेरास्ववियुको सिंगो प्यानलनै विजयी भएको हो ।

 

Logo