सर्लाहीमा चार किलोग्राम गाँजासहित एक भारतीय नागरिक पक्राउ

सर्लाहीमा चार किलोग्राम गाँजासहित एक भारतीय नागरिक पक्राउ


सर्लाहीको  विष्णु गाउँपालिका-५ फेन्हराबाट चार किलोग्राम गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन्।  २७ वर्षीय ईन्द्रजित कुमार यादवलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो।

ईलाका प्रहरी कार्यालय फेन्हरा र बीओपी फेन्हराबाट खटिएको संयुक्त प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेको उनलाई उक्त लागूऔषध र भारतीय रूपैयाँसहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Logo