‘नेताहरु स्वार्थ केन्द्रीत राजनीतिमा लिप्त हुँदा मुलुकको अर्थतन्त्र संकटमा’ -अर्थविद् पोखरेल

‘नेताहरु स्वार्थ केन्द्रीत राजनीतिमा लिप्त हुँदा मुलुकको अर्थतन्त्र संकटमा’ -अर्थविद् पोखरेल


अर्थविद डा. गोविन्दराज पोखरेलले मुलुकको खस्कँदो अर्थतन्त्रप्रति चिन्ता व्यक्त गरेका छन् । 

सुनसरीको इनरुवामा सञ्चारकर्मीहरुसँगको कुराकानीमा अर्थविद् डा. पोखरेलले मुलुकको पछिल्लो अर्थ व्यवस्थाप्रति चिन्ता जाहेर गरेका हुन् । उनले विकास खर्चलाई र देशमा तलव खुवाउनका लागि समेत ऋण लिनुपर्ने अवस्था आउने चेतावनी दिए । 

दल र नेता स्वार्थ केन्द्रित राजनीतिमा लिप्त हुँदा मुलुकको अर्थतन्त्र बिग्रँदै गएको उनको बुझाई छ । 

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष समेत रहेका अर्थविद् डा. पोखरेलले मुलुकको आर्थिक अवस्था खस्किनुको मुल कारण देशको राजनीतिक अस्थिरता रहेको बताए । नेताहरुमा गम्भिरता नै नरहेको र सरकार तथा मन्त्रीहरुमा जिम्मेवारी लिने र संरचना सुधारमा लाग्ने भोक नरहेको उनले दाबी गरे । 

अर्थविद् पोखरेलले अर्थतन्त्र सुधारका लागि राजनीतिक स्थायित्वसँगै नियम, कानून फेरबदलको खाँचो रहेको बताए । 

Logo