राप्रपा महामन्त्री सुनिल थापा कांग्रेस प्रवेश

राप्रपा महामन्त्री सुनिल थापा कांग्रेस प्रवेश


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता सुनिलबहादुर थापा कांग्रेस प्रवेश गरेका छन् । मंगलबार नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमका बीच नेता थापा कांग्रेस प्रवेश गरेका हुन् ।

उनीसहित १३ जना नेता कांग्रेस प्रवेश गरेका छन् । उनलाई पार्टी सभापति शेरबहादुर देउवाले सदस्यता प्रदान गरेका थिए भने कांग्रेस नेता रामचन्द्र पौडेलले पार्टीमा प्रवेश गरेका थापासहितका नेताहरुलाई माला लगाएर स्वागत गरेका थिए ।

Logo