‘साझा कार्यक्रम कार्यान्वयन हुने आशामा प्रधानमन्त्रीलाई विश्वासको मत’ -रास्वपा

‘साझा कार्यक्रम कार्यान्वयन हुने आशामा प्रधानमन्त्रीलाई विश्वासको मत’ -रास्वपा


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफूहरुको विशेष पहलमा बनेको न्यूनतम साझा कार्यक्रम कार्यान्वयन हुने आशामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गर्नु परेको जनाएको छ ।  

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोरप्रसाद अर्यालले आफूहरु सरकारमा रहेका बेला बनाइएको न्यूनतम साझा कार्यक्रममा नागरिकका मुद्धाहरु रहेको र त्यसको सम्बोधनका लागि प्रधानमन्त्री दाहाल प्रचण्डलाई फेरी पनि विश्वासको मत दिन लागिएको बताएका हुन् । 

सोमबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले सरकारले जे गर्दा पनि ठिक हो भन्नका लागि आफूहरुले दिएको विश्वासको मत कबुलियतामा नभएको पनि स्पष्ट पारे ।  

‘आम नागरिकका ती मुद्धाहरु सम्बोधनमा सरकारले निरन्तरता दिने विश्वास नै हामीले प्रधानमन्त्रीलाई विश्वासको मत दिनुको प्रमुख आधार हो । हामी गुण र दोषको आधारमा सरकारको समर्थन र विरोध गर्नेछौं । सरकारलाई हामीले दिएको समर्थन भनेको सरकारले जे गरेपनि ठिक हो भन्ने कबुलियतनामा होइन । नागरिकका मुद्धामा इमान्दारिता गुमाएको दिन हामी प्रतिपक्षमा उभिने छौं ।’ उनले भने । 

साथै उनले आफ्नो दललाई आपत परेको बेला साथ दिएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई धन्यवाद समेत दिए ।  

उपसभापति अर्यालले जनताले आफ्नो पार्टीबाट आशा गरेको उल्लेख गर्दै उनीहरुको सो अपेक्षा पूरा हुने गरी काम गर्न प्रतिवद्ध भएर लागिपर्ने बताए । 

Skip This
Logo