नेपालमा संघीयता नौलो कुरा होइन -सीके राउत

नेपालमा संघीयता नौलो कुरा होइन -सीके राउत


जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने बताएका छन् । 

सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष राउतले यस्तो बताएका हुन् । उनले नेपालमा संघीयता नौलो कुरा नरहेको बताए । नेपालमा बाइसे, चौबिसे राज्य भनेको संघीयता नै रहेकाले पछिल्लो समय पुनः स्थापित गर्न प्रधानमन्त्री दाहालले महत्वपूर्ण भुमिका खेलेको उनले बताए ।  

उनले सरकारसँग आफ्ना केही असन्तुष्टि रहेपनि त्यसलाई मध्यनजर गरेर सरकार अघि बढ्ने विश्वास रहेको बताए । 

अध्यक्ष राउतले आफ्नो पार्टीले सरकारसँग राखेका मागहरु आगामी दिनमा समेट्दै लैजानुपर्ने बताए । 

Skip This
Logo