अर्थतन्त्र सुधार्न राजनीतिक स्थिरता चाहिन्छ-प्रदेश प्रमुख गुरुङ

अर्थतन्त्र सुधार्न राजनीतिक स्थिरता चाहिन्छ-प्रदेश प्रमुख गुरुङ


गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले मुलुकको अर्थतन्त्र सुधार गर्न राजनीतिक स्थिरता आवश्यक रहेकोमा जोड दिएका छन्। सोमबार पोखरामा आयोजित नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशको छैठौँ सम्मेलनलाई सम्बोधन गर्दै उनले राजनीतिक अस्थिरता भइरहे आर्थिक क्षेत्रले फड्को मार्न नसक्ने उल्लेख गरे। 

प्रदेश प्रमुख गुरुङले देशीविदेशी लगानीकर्तालाई आकर्षित गर्न राज्यले उचित नीति र वातावरण तयार गर्नुपर्ने धारणा राखेका थिए।  देशमै रोजगार सिर्जना र अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्रले खेलेको भूमिका महत्वपूर्ण रहेको प्रदेश प्रमुख गुरुङले बताए।

Skip This
Logo