‘पार्टी दुर्घटना नजिक पुग्याे, सबै राेकिअ‌ाैँ’– मन्त्री भट्टराई

‘पार्टी दुर्घटना नजिक पुग्याे, सबै राेकिअ‌ाैँ’– मन्त्री भट्टराई


काठमाडौं ।

नेकपा स्थायी कमिटी सदस्य एवं संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पार्टी दुर्घटनानजिक पुगेको बताएका छन् । मंगलवार मन्त्री भट्टराईले ट्वीट गर्दै  त्यस्तो बताएका हुन् ।

उनले ट्ववीटमा लेखेका छन्–दुर्घटनानजिक देखिन्छ । सबै रोकिऔं । सल्लाह गरौं । आजका लागि बोलाइएको नेकपा स्थायी कमिटी बैठक अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रूपमा स्थगित गरेपछि तनावको स्थिति उत्पन्न भएको छ।

प्रधानमन्त्री ओलीका सल्लाहकार सूर्य थापाले बैठक स्थगित भएको सूचना फेसबूकमार्फत दिएपनि अहिले स्थायी कमिटी बैठक शुरू भइसकेको छ । जारी बैठकमा नेपाल–दाहाल पक्षका नेताहरू सहभागी छन् ।

 

Skip This
Logo