#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1121754052955543242896363696
नेपाल152593290846143

नेपालले जित्यो २३ स्वर्ण पदक

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले तेक्वान्दोबाट स्वर्ण जित्ने क्रम जारी छ।

तेक्वान्दो प्रतिस्पर्धाको दोस्रो दिन दोस्रो स्वर्ण जित्ने क्रममा वीरबहादुर महराले फाइटको ६८ केजीमुनि तौल समूहमा उत्कृष्ट प्रदर्शन गरे। उनले फाइनलमा पाकिस्तानका महम्मद फहिमलाई ४१-३६ अंकले पराजित गरे। त्यसअघि उनले सेमिफाइनलमा भारतका पृथ्वीराज चौहानलाई पराजित गरेका थिए।

यसअघि मंगलबार काजल श्रेष्ठले पनि तेक्वान्दोबाट स्वर्ण दिलाएकी थिइन्। मंगलबार नेपालले तेक्वान्दोबाट २, कराँतेबाट २, उसुबाट २, एथ्लेटिक्सबाट १ र ट्रायथलनबाट १ स्वर्ण गरी ८ स्वर्ण जितेको छ।

योसँगै नेपालको स्वर्ण संख्या २३ पुगेको छ।

सम्बन्धित समाचारहरु

ताजा समाचार