एभरेष्ट कलेजकी विद्यार्थी सुस्मिताले दिलाइन् नेपाललाई स्वर्ण

१३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा एभरेष्ट कलेज थापाथलीकी विद्यार्थी सुस्मिता तामाङले उसुको थाउलोतर्फ छाङछावानमा नेपाललाई स्वर्ण पदक दिलाएकी छिन् ।

आज बिहान सम्पन्न खेलमा १९ वर्षिय सुस्मिताले श्रीलंकाली खेलाडीलाई पछि पार्दै स्वर्ण पदक हात पारेकी हुन् । एभरेष्ट कलेजमा विविएम प्रथम वर्षको तेस्रो सेमेस्टरमा अध्ययनरत सुस्मिता यसअघि सम्पन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताकी पनि स्वर्ण विजेता  हुन् ।

सागको मंगलबार भएको खेलमा उनले ९.४४ अंक हासिल गरिन् । उनीपछि श्रीलंकाली खेलाडीले ८.८५ अंक हासिल गर्दै रजत पदक तथा  बंगलादेशी खेलाडीले ७.५३ अंक प्राप्त गरी कास्यमा चित्त बुझाएका थिए ।

चाँगुनारायण भक्तपुर घर भएकी सुस्मिता खेलमा जति अब्बल छिन् पढाइमा पनि त्यस्तै राम्रो रहेको एभरेष्ट कलेजका सिइओ विष्णुहरि पाण्डेले बताए । उनले बीबीएमको प्रथम सेमेस्टरमा ३.६५ जिपिए ल्याएकी छिन् ।

‘सुस्मिताले आठौं राष्ट्रिय खेलकुदमा पनि स्वर्ण जितेकी थिइन्, १३ औं सागमा उनले पुनः स्वर्ण जितेर आफ्नो ट्यालेन्टलाई देखाइदिइन्, हामी उनीप्रति गौरवान्वित छौं ।’ पाण्डेले भने ।

पाण्डेले कलेजले पढाइसँगै विद्यार्थीमा निहित प्रतिभा प्रस्फुटनमा विशेष भूमिका निर्वाह गर्ने बताउँदै सुस्मिताको सफलतामा कलेज अत्यन्त खुशी भएको बताए । पढाइसँगै विद्यार्थीमा रहेका प्रतिभा प्रस्फुटन गर्नका कलेजले अतिरिक्त क्रियाकलापमा विशेष ध्यान  दिइआएको उनको भनाइ छ ।

कलेजमा प्लस टुसँगै बीबीए, बीबीएस, बीबीएम, बीसीए र एमबीएसको पढाइ हुने गर्दछ ।

ताजा समाचार

एभरेष्ट कलेजकी विद्यार्थी सुस्मिताले दिलाइन् नेपाललाई स्वर्ण