भारतीय पक्षको आदेश अस्वीकार गर्ने राप्रपा अध्यक्षको चेतावनी

भारतीय पक्षको आदेश अस्वीकार गर्ने राप्रपा अध्यक्षको चेतावनी


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले नेपाली भूमिमा प्रवेश निषेध गर्ने अधिकार कसैलाई नभएको बताएका छन् । मंगलबार अध्यक्ष थापाले ट्वीट गर्दै त्यस्तो बताएका हुन् ।

भारतीय पक्षले नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा नेपालीहरुलाई प्रवेश निषेध गर्न दार्चुला जिल्ला प्रशासनलाई पत्र पठाएसँगै अध्यक्ष थापाको यस्तो अभिव्यक्ति सार्वजनिक भएको हो । उनले भारतीय पक्षको आदेश अस्वीकार गर्ने भन्दै तत्काल सरकारले कुटनीतिक पहल थाल्नुपर्ने माग समेत गरेका छन् ।

‘नेपालको अविभाज्य भूमीमा नेपालीलाई प्रवेश निषेध गर्ने अधिकार कसैलाई छैन’–उनले ट्वीटमा लेखेका छन्–‘यस्ता आदेश हामी अस्विकार गर्छौ । सरकारले तत्काल कुटनीतिक माध्यमबाट प्रतिवाद गरोस् ।’

Logo