दक्षिण एसियाली खेलकुद (साग) मा नेपाली महिला भलिबल टिम भारतसँग पराजित भएको छ ।
त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा भएको प्रतिस्पर्धामा भारतले नेपाललाई ३-२ को सेटमा हराएको हो ।पहिलो सेटमा भारत २५–१७ ले विजयी भएको थियो । दोस्रो सेटमा नेपालले भारतलाई निकै प्रतिस्पर्धा दिएको थियो । नेपालले आफ्नो प्रभाव जमाउँदै २५–२० ले जितेको थियो ।
त्यस्तै तेस्रो सेटमा नेपालले २५–१८ ले जित निकालेको थियो । चौथो सेटमा भारतले २५–२० ले जित्यो । पाँचौ सेटमा नेपाल १५– ६ स्कोरले पराजित भयो ।