भीम रावलको प्रश्नः जनताको मुख थुन्ने कु-बुद्धी कसले सिकायो ?

भीम रावलको प्रश्नः जनताको मुख थुन्ने कु-बुद्धी कसले सिकायो ?


नेकपा एमालेका नेता भीम रावलले जनतालाई प्रहरीले मुख थुनेर बोल्न नदिएको विषयमा आपत्ति जनाएका छन् । 

मंगलवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपस्थित एक कार्यक्रममा सहभागी युवाले बैंकको ब्याँज घटाउनु पर्ने भन्दै नाराबाजी गरेपछि प्रहरीले युवाहरुको मुख थुनिदिएको थियो । सोही घटनालाई लिएर रावलले आपत्ति जनाएका हुन् । 

‘जनताको मुख थुन्ने तथा देश, विदेशलाई हेर्ने आफ्नै विवेकको आँखा थुन्ने तर दलाल पूँजिपति र वाह्य हस्तक्षेपकारीहरूलाई देश, सँस्कृति र राज्यमा दाईँ गर्न खुला छोड्ने ? यस्तो कुबुध्दि कसले सिकायो ?' रावलले ट्विट गर्दै भनेका छन् ।

Logo