सीताराम बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसघंको प्यानल निर्विरोध

सीताराम बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसघंको प्यानल निर्विरोध


डोटीको एक क्याम्पसमा नेपाल विद्यार्थी संघको प्यानल नै निर्विरोध निर्वाचित भएको छ ।

सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतको क्याम्पसमा नेविसंघले पहिलो खाता खोलेको हो । जिल्लाको सीताराम बहुमुखी क्याम्पस उच्चाकोटमा नेविसंघको पुरै प्यानल नै निर्विरोध निवार्चित भएको हो । अन्य कुनै पनि पार्टीको उम्मेदवारी नपरेपछि नेविसंघका उम्मेदवारलाई निर्वाचन समितीले विजयी घोषणा गरेको हो ।

सभापतिमा उमेश बलायर, सचिवमा मनिषा कुमारी भट्ट र कोषाध्यक्षमा ललित बहादुर साउँद निर्वाचित भएका छन् । उक्त क्याम्पसमा तीन विधार्थी संगठन दर्ता भए पनि सभापतिमा नेविसंघ र अनेरास्ववियुले उम्मेदवारी दिएका थिए । 

तर दावी विरोधमा अनेरास्ववियुका उम्मेदवारको उम्मेदवारी रद्द भएपछि नेविसंघका उम्मेदवारी निर्विरोध विजयी भएको क्याम्पस प्रमुख चेतराज भट्टले बताए । उक्त क्याम्पसमा ५८ मतदाता रहेका थिए ।

Logo