बैतडीका तीन क्याम्पसमा नेविसंघको ऐतिहासिक जित

बैतडीका तीन क्याम्पसमा नेविसंघको ऐतिहासिक जित


सुदूरपश्चिम विश्व विद्यालय अन्तर्गतका बैतडीका तीन वटा क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका उम्मेदवार विजयी भएका छन् ।

जगन्नाथ बहुमुखी क्याम्पस, पाटन बहुमुखी क्याम्पस र मणिलेक बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघले जित हासिल गरेको हो ।

नेविसंघका अध्यक्ष कपिल केसीले यसलाई जिल्लामा नेविसंघको ऐतिहासिक जित भएको बताएका छन् । यसले दिनरात नभनेर आफू खटेको मिहिनेतको प्रतिफल प्राप्त भएको रूपमा लिएको उनले बताए ।

'यो जितका लागि अहोरात्र खटेर सहयोग गर्ने सबै साथिहरूप्रति आभार व्यक्त गर्न चाहन्छु । उहाँहरूकै सहयोगले हामीले जिल्लामा सहजरूपमा जित निकाल्न सकेका हौं ', अध्यक्ष केसीले भने ।

त्रिभुवन विश्व विद्यालय अन्तरगतका पुर्चुडी बहुमुखी र सिगास शिक्षा क्याम्पसमा नेविसंघले नै जित हासिल गरेको थियो । 

Logo