दार्चुला बहुमुखीमा अनेरास्ववियुका धामी विजयी

दार्चुला बहुमुखीमा अनेरास्ववियुका धामी विजयी


सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस दार्चुला बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)का साझा उम्मेदवार कृष्ण धामी विजयी भएका छन् ।

बुधबार सम्पन्न निर्वाचनमा नेपाल विद्यार्थी संघका उम्मेदवार भानबहादुर पाललाई ६९ मतले पराजित गरेका हुन् । हिजो राति अबेर सम्पन्न मत गणनाअनुसार अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीका साझा उम्मेदवार धामीले कुल खसेको मतको दुई ७५ मत प्राप्त गरेका थिए ।उनका निकटतम् प्रतिद्वन्द्वी पालले दुई सय ६ मत ल्याएका थिए। स्वतन्त्र उम्मेदवार अनिलचन्द्र जोशीले १६ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

यस्तै, स्ववियुको सचिवमा नेविसंघका जवनसिंह डडाल २ सय ५३ मतसहित विजयी भएका छन्। डडालका प्रतिद्वन्द्वी अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीका साझा उम्मेदवार धनसिंह धामीले २ सय ४० मत प्राप्त गरेका थिए। कोषाध्यक्षमा भने साझा उम्मेदवार अनेरास्ववियुकी मनिषा डडाल विजयी भइन्।

उनले २ सय ७० मत ल्याइन भने उनका निकटतम् प्रतिस्पर्धी नेविसंघका विजया जोशीले २ सय १६ मत ल्याएको निर्वाचन समिति संयोजक धाना धामीले जानकारी दिइन् ।

Logo