३२ महिनादेखि अलपत्र काठमाडौँ प्लाजा महानगरले भाडामा लियो

३२ महिनादेखि अलपत्र काठमाडौँ प्लाजा महानगरले भाडामा लियो


करिब ३२ महिनादेखि अलपत्र अवस्थामा रहेको कमलादीस्थित ‘काठमाडौँ प्लाजा’को भवन भाडामा लागेको छ।

नेपाल ट्रस्टको स्वामित्वमा रहेको भवन काठमाडौँ महानगरपालिकाले १० वर्षसम्मका लागि भाडामा लिएको हो। भवन भाडामा लिने र दिने सम्बन्धमा ट्रस्टको कार्यालय र महानगरबीच बुधबार हस्ताक्षर भएको थियो ।

ट्रस्टका सहसचिव विष्णुराज ढकाल र महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले सम्झौतामा हस्ताक्षर गरेका हुन् । काठमाडौँ महानगरले ट्रस्टलाई मासिक ६० लाख ५० हजार रुपैयाँ भाडा दिने गरी सम्झौता भएको छ ।

९ चैतदेखि लागू हुने भाडा पाँच वर्षपछि १० प्रतिशतका दरले वृद्धि हुने छ । काठमाडौँ प्लाजाको भवन खाली गरेर महानगरलाई भाडामा दिने सम्बन्धमा वैशाख २०७७ मै निर्णय भएको थियो । 

Logo