जनताको अवस्था बदल्ने सरकारको अठोट- प्रधानमन्त्री प्रचण्ड

जनताको अवस्था बदल्ने सरकारको अठोट- प्रधानमन्त्री प्रचण्ड


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले विकास र समृद्धिको यात्रामा पाइला चाल्ने संकल्प लिएको बताएका छन् ।

सामुदायिक रेडियो प्रसारक संघको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै  उनले यस्तो बताएका हुन् ।

उनले आफूले सम्पूर्ण तागतका साथ निराशा र आशंकाहरू चिर्दै आशाको सञ्चार गर्न, बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्ने सरकारको अठोट रहेको पनि बताए ।

उनले विश्व इतिहासमा रेडियोको इतिहास १२८ वर्ष पूरानो मानिन्छ । नेपालमा २००७ सालमा पहिलोपटक प्रजातन्त्र रेडियो नेपालको स्थापना भएसँगै विद्युतीय सञ्चारमाध्यमको प्रारम्भ हुन पुगेको बताए ।

नेपालका सामुदायिक रेडियोहरूले एफएम रेडियो प्रविधिका माध्यमबाट नेपाली जनताको सूचनाको हक प्रवाहका लागि महत्वपूर्ण भूमिका खेलेका बताए ।

उनले भने, ‘शान्ति प्रक्रिया र संविधान निर्माणको प्रक्रियामा सामुदायिक रेडियोहरूले जुन भूमिका निर्वाह गरेका थिए, संविधान र लोकतन्त्रमाथि गरिएका प्रहारको विरूद्ध र लोकतान्त्रिक प्रणालीको विकासका निम्ति रेडियोले खेलेको भूमिकासमेत त्यत्तिकै महत्वपूर्ण छ ।

साथै सामाजिक विभेद, कूरिति एवं बिसंगतिका विरूद्ध खरो रूपमा प्रस्तुत हुँदै सामाजिक जागरण एवं रूपान्तरणका क्षेत्रमा यहाँहरूले निर्वाह गर्नुभएको भूमिकाले सभ्य समाजको निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएको छ ।’

Logo