कोकाकोला र डोको रिसाइकलर्सले काठमाडौं र भरतपुरमा राखे पीईटी सङ्कलनबिन

कोकाकोला र डोको रिसाइकलर्सले काठमाडौं र भरतपुरमा राखे पीईटी सङ्कलनबिन


विश्व रिसाइक्लिंग दिवसको अवसर पारेर कोका–कोला नेपाल र डोको रिसाइकलर्सको संयुक्त पहलमा काठमाडौं उपत्यका र भरतपुरमा १५ वटा जानकारीमूलक पीईटी कलेक्सनबिनहरु राखिएका छन् ।

रिसाइकल प्रक्रियामार्फत पीईटी बोतलहरूलाई पुनप्रयोग गर्न योग्यबनाउन सकिन्छ भन्ने जनचेतनामुलक सन्देश सर्वसाधारण माझ पु-याउने उद्देश्यका साथ यस परियोजनाको शुरुवात गरिएको थियो । अगस्ट २०२० मा स्थानीय अधिकारीहरूको सहयोगमा सुरु भएको यस संयुक्त परियोजना ‘रिफ्रेस एण्ड रिसायकल’ पीईटी बोतल सङ्कलन अभियानको दोस्रो चरण हो ।

धेरै मानिसहरुको जमघट हुने र पेट बोतलहरु बढी फालिने काठमाडौंका ९ स्थान र भरतपुरका ६ स्थानहरुमा यी बिनहरू राखिने छ ।

डोको रिसायकलर्सका सह–संस्थापक राघवेन्द्र महतोले भने, “रिफ्रेस एण्ड रिसाइकलर्स २०२३ एउटा परियोजना मात्र नभइ एउटा परिवर्तन हो। एउटा यस्तो परिवर्तन जसमाहामीप्रत्यक नेपालीलाई यो सिकाउन सकौँ कि पीईटी बोतलहरु यसरी संकलन गरेर रिसाइकल गर्न सकिन्छ जसले गर्दा बातावरणमा पर्ने नकरात्मक असरहरु थोरै भएपनि कम गर्न सकिन्छ । र यसै सन्दर्भमा कोका–कोलाको वर्ल्ड विदाउ ट वेष्ट जस्तो विश्वव्यापी अभियानमा सहकार्य गर्न पाएकोमा हामीलाई खुशी लागेको छ । यसरी संकलन गरिएका सबै पीईटी बोतलहरू हाम्रो भक्तपुरको सानोठिमीस्थित मटेरियल रिकभरी सुविधामा रिसाइकल गरिने पनि जानकारी गराउन चाहन्छु ।”

बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक दीपक सेन्थिलले भने, “कोका–कोलाले वर्ल्ड विदाउट वेष्टको विश्वव्यापी प्रतिबद्धताका साथ विश्वभर विभिन्न रिसाइक्लिङ्ग र पुनःप्रयोग सम्बन्धि परियोजनाहरु सञ्चालन गरिरहेको छ। हामीले सन् २०३०सम्ममा विश्वभरि आफ्नो प्याकेजिङको शतप्रतिशत बराबरको अन्य खाली बोतल र प्याकेजिङहरु सङ्कलन र पुनःप्रयोग गर्ने प्रतिबद्धता गरेको छौँ। यसै दिगोपन प्रतिको प्रतिबद्धताको एक भागको रूपमा हामीले काठमाडौं उपत्यका र भरतपुरका धेरै जनघनत्व हुने स्थानहरूमा पीईटी रिसाइक्लिङ बिनहरू राखेका छौं ।”

भाटभटेनी सुपरमार्केट पाटनकी स्टोर म्यानेजर मुना राईले भनिन्, “सर्वप्रथम त विश्व रिसाइक्लिंग दिवसको अवसरमा सबैलाई शुभकामना व्यक्त गर्न चाहन्छु । जसरी स्वच्छ वातावरणमा बाँच्न पाउनु हाम्रो अधिकार हो, त्यसै गरी आफु वरीपरीको वातावरणलाई सफा राख्नु पनिहाम्रो दायित्व हो । कोका–कोला बेभरेजसँग हामीले लामो समयदेखि सहकार्य गर्दै आएका छौं र बीबीएसएम, पाटनमा पनि यस सहकार्यको लागि पहल गरेकोमा डोको रिसाइकलर्सप्रति हामी आभार व्यक्त गर्न चाहन्छौं ।”

यस रिफ्रेस एन्ड रिसाइकल अभियानले सर्वसाधारणहरुलाई आफूले प्रयोग गरिसकेको पीईटी बोतलहरु यी कलेक्सनबिनहरुमा फ्याँक्न प्रोत्साहन गरेको कम्पनीले जनाएको छ । 

Skip This
Logo