बेलारुसमा अलपत्र ९ महिलाकाे उद्धार

बेलारुसमा अलपत्र ९ महिलाकाे उद्धार


बेलारुसमा अलपत्र ९ जना नेपाली महिलालाई नेपाल फर्काइएको छ । 

शुक्रवार उनीहरुलाई नेपाल फर्काइएको हो । स्वदेश फर्किनेमा सानुमाया तामाङ, कविता थापा मगर, अञ्जना मगर, रत्नमाया राई, पार्वती कितुङ, रमिता राई, सुस्मा तामाङ, मिना गुरुङ, मार्फा सोताङ राई रहेका छन् । 

नेपाल फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेकपा (एकीकृत समाजवादी) की सांसद जयन्तीदेवी राईले नेपाल फर्किएपछि अब बलियो आत्मविश्वास बनाएर अघि बढ्न सुझाव दिइन्  । उनले विदेशमा पु-याइ अलपत्र बनाउने अपराधीलाई सरकारले कारबाही गर्ने आश्वासन दिइन् । 

त्यस्तै, नेकपा (एकीकृत समाजवादी) केन्द्रिय प्रचार विभाग सदस्य क्रितु भण्डारीले ९ जना महिलाहरुलाई ललाईफकाई बेलारुस पु¥याइ अलपत्र पारीएका महिलाहरुलाई स्वदेश फर्काइएको बताइन् । 

स्वदेश फर्काइएकी पीडित सानुमाया तामाङले बेलारुसमा आफूहरुले दैनिक १२ घण्टा काम गर्नुपरेको तर भनेको पारिश्रमीक नदिएको र पीडा दिने गरेको बताइन् । उनले नेपालबाट जाँदा एजेण्टहरुले डलरमा पैसा दिने भनेपनि बेलारुसमा गएपछि बेलारुसी रुबेल ७५ रुपैयाँ दैनिक पाउने गरेको बताइन् । 

पीडित ९ जना महिलालाई विभिन्न संघसंस्थाहरुको सहयोगमा नेपाल फर्काइएको हो । उनीहरु टिकटक लाइभमा आएर नेपाल फर्काइदिन आग्रह गरेपछि नेपालबाट स्वदेश फर्काउने प्रयास भएको हो । 

Logo