गौरिकालाई कीर्तिमानी स्वर्ण

काठमाडौं । पौडीवाज गौरिका सिंहले दक्षिण एसियाली खेलकुद (साग)मा पहिलो स्वर्ण पदक जितेकी छन् । उनले २०१६ मा भारतमा भएकाे सागमा रजत पदक जितेकी थिइन् ।

बुधबार सातदोबाटोस्थित पौडी पोखरीमा भएको प्रतिस्पर्धामा उनले २०० मिटर फ्री स्टाइलमा स्वर्ण जितेकी हुन् । उनले निर्धारित दुरी २ मिनेट ५.०६ सेकेण्डमा पूरा गरिन् ।

गौरिकाले जितेको यो स्वर्ण पौडीको व्यक्तिगततर्फ नेपालकाे पहिलाे स्वर्ण हो । महिला २ सय मिटर फ्रिस्टाईलमा भारतले रजत र बंगलादेशले कास्य जितेको छ ।

यस अघि नेपालले आठौ सागमा नयना शाक्य, रुबिना प्रधान, रुना प्रधान र स्तुति सिंहकाे टिम इभेन्टमा ४ गुणा १०० रिलेमा स्वर्ण जितेका थिए ।

 

सम्बन्धित समाचारहरु

ताजा समाचार