१३ रोचक प्रसंग: फ्यानसँगको विवाहदेखि मह जोडीलाई हटाउनेसम्म (भिडियोसहित)

काठमाडौं । गीत सुन्नेदेखि गीत–संगीतमा भविष्य बनाउँदै गरेकासम्म सबैले चिन्ने नाम हो, नारायण गोपाल । आज उनको २९ औं स्मृति दिवस हाे । आज कै दिन २०४७ सालमा उनको मृत्यु भएको थियो ।
वि.सं.१९९६ साल असोज १८ गते काठमाडौंको किलागलमा बुबा आशागोपाल गुरुवाचार्य र आमा रामदेवी गुरुवाचार्यको कोखबाट जन्मेका नारायणगोपाल गुरुवाचार्य नेपाली संगीतको आकाशमा आजसम्मकै सबैभन्दा सफल अनि ख्यातीप्राप्त नेपाली आधुनिक गायक हुन् । हरेक गीतलाई आफ्नो बनाएर गाउन सक्ने उनको स्वरमा प्रेम र बिरहका अतिरिक्त पृथक किसिमको मिठास र गम्भीरता समेत पाइन्छ । त्यसैले आज पनि नारायण गोपालका स्वरहरु सबैको मन मस्तिष्कमा जिवित छ ।
नेपाली कला र संगीतको क्षेत्रमा स्वरसम्राट नारायण गोपालको योगदान भएकै कारण सबैले श्रद्धाका साथ सम्झने गर्दछौं । तर आज हामीले उनको जीवनका रोचक प्रसंगहरूको संगालो प्रस्तुत गर्दैछौं ।

प्रस्तुत छ यस सम्बन्धी तयार पारिएको भिडियो सामग्री:

सम्बन्धित समाचारहरु

ताजा समाचार