मन्त्री भइसकेकालाई सरकारमा नदाेहोर्‍याउने नीति बनाउँदै एकीकृत समाजवादी

मन्त्री भइसकेकालाई सरकारमा नदाेहोर्‍याउने नीति बनाउँदै एकीकृत समाजवादी


नेकपा एकीकृत समाजवादीले यसअघि मन्त्री र मुख्यमन्त्री भएकाहरूलाई यो पटक मन्त्री नबनाउने नीति लिने भएको छ ।

पार्टीका अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको तीन सदस्यीय कार्यदलमा भएको प्रारम्भिक छलफलमा पहिला मन्त्री र मुख्यमन्त्री भएका बाहेकबाट यो पटक मन्त्री बनाउने गरी छलफल भएको  निकट स्रोतको  जनाएको  छ ।  

चैत ७ गते बसेको  पार्टीको सचिवालय बैठकले सरकारमा सहभागिताबारे सबै निर्णय गर्न अध्यक्ष नेपालको नेतृत्वमा कार्यदल गठन गरेको थियो । प्रतिनिधि सभामा एकीकृत समाजवादीका १० जना सांसद छन् । तर, अहिलेसम्म सरकारमा पठाउने मन्त्रीको टुंगो भने लगाएको छैन । 

Logo