एउटै खुट्टाले स्टेज तताउने निलम र अञ्जनाको जीवन कथा (भिडियोसहित)

एउटै खुट्टाले स्टेज तताउने निलम र अञ्जनाको जीवन कथा (भिडियोसहित)


काठमाडौं ।

मोरङकी निलम ढुंगाना सानैदेखि नाच्नमा एकदमै रुचि राख्थिन् । तर उनको जीवनमा यस्तो बज्रपात आइलाग्यो कि इटहरी नजिकै स्कूटर दुर्घटनामा उनले एउटा खुट्टा गुमाउनु पर्यो । साथमा रहेकी साथी पनि गुमाइन् उनले ।

साथी र खुट्टासँगै आफ्नो दुवै खुट्टाले छमछम नाच्ने रहर पनि गुमाइन् । तर भाग्यले ठगे पनि आफ्नो कमजोरीलाई शक्तिमा बदलिन् , निलमले । आफूलाई सधैं पोख्त नृत्यांगनाको रुपमा प्रस्तुत गरिन् । आफूसँग के छैन त्यसमा निराश नभई आफूसँग जे छ त्यसको भरपूर फाइदा उठाउँदै आफ्नो नृत्यांगना बन्ने इच्छा एक खुट्टाको भरमा नाचेर पूरा गरिन् ।

जसकारण उनले नेपाली समाजमा परापूर्वकालदेखि चल्दै आएको नृत्यको परिभाषा मात्र परिवर्तन गरिनन् नेपालकै पहिलो एकखुट्टे नृत्यांगना समेत बनिन् । जसकारण उनी जस्तै धेरै शारीरिक रुपमा बिकलाङ्ग भएका मानिसहरुको प्रेरणाको स्रोत समेत बनेकी छिन् ।

यस्तै एकखुट्टे नृत्यांगना मध्येकै एक हुन् पोखराकी अञ्जना गुरुङ । अञ्जना पनि निलम जस्तै एकखुट्टे नृत्यांगना हुन् । आजको यस भिडियोमा हामी अञ्जनाका जीवन संघर्ष सँगसँगै उनीसँगकाे अन्तरंग कुराकानी प्रस्तुत गर्दैछौं । भिडियोमा निलमले अञ्जनासँग कुराकानी गरेकी छिन् । हेरौं भिडियोमा :

Logo