#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1468838854451066911316482
नेपाल9081

प्रचण्डको अनसनको घुर्किदेखि ८२ वर्षिय बृद्धको सम्बन्ध विच्छेदसम्म (भिडियो सहित)

काठमाडौं,

केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका टप ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

आजका टप ५ समाचारहरु मध्ये बेला बेलामा फेरिने नेकपा अध्यक्ष प्रचण्डको बोलीको समाचार मुख्य समाचारको रुपमा रहेको छ । प्रचण्ड बेला बेलामा बोलिरहन्छन् , कहिलेकाहिं त आफ्नै जिब्रो चिप्लिएको समेत पत्तो पाउँदैनन् यी नेता । अनि बाहिर विवाद आएपछि मिडियाले कुरा मोडेर प्रशारण गरे भनेर आफू पन्छिने यिनको पुरानै बानी हो । यसपटक उनले के बोले, त्यो आजको समाचारमा प्रमुखताका साथ अटाएको छ ।

यस्तै अर्घाखाँचीमा एक ८२ वर्षिय बृद्धाले सम्बन्ध विच्छेद गरेको समाचार पनि आज प्रमुख बनेको छ । त्यो उमेरमा किन यस्तो आपत आयो यी बृद्धलाई ? यो जान्न पनि आजको केन्द्रबिन्दु समाचार हेर्नै पर्ने हुन्छ । यता विश्वका खराब एयरलाइन्सको सूचिमा नेपालका २ कम्पनीहरु पनि परेका छन् । कुन कुन होलान् ती कम्पनी ?

आज नेपाली सांगितिक ताराका रुपमा रहेका स्वरसम्राट नारायण गोपालको २९ औं स्मृतिदिवस । उनका जीवनका रोचक पक्ष पनि हाम्रो समाचार भित्र परेका छन् । थप समाचार हेरौं यो भिडियोमा :

सम्बन्धित समाचारहरु

ताजा समाचार