दलित र उत्पीडित व्यवस्थालाई समर्थन गर्ने संविधान उत्कृष्ट हुन सक्दैनः वामदेव गौतम

दलित र उत्पीडित व्यवस्थालाई समर्थन गर्ने संविधान उत्कृष्ट हुन सक्दैनः वामदेव गौतम


राष्ट्रिय सभा सदस्य वामदेव गौतमले दलित र उत्पीडित व्यवस्थालाई समर्थन गर्ने संविधान उत्कृष्ट हुन नसक्ने बताएका छन् । 

आईतवार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद गौतमले नेपालको संविधान संसारकै उत्कृष्ट संविधान भन्ने गरिएको तर दलित र उत्पीडित व्यवस्थालाई समर्थन गर्ने संविधान उत्कृष्ट हुनै नसक्ने बताएका हुन् । उनले संविधानको भाषा उत्पीडितलाई रही रहोस् भन्ने नभएपनि भावना दलित र उत्पीडित व्यवस्था भइरहनुपर्छ भन्ने किसिमको रहेको दाबी गरे । 

सांसद गौतमले नेपालको संविधानले छुवाछुत र भेदभाव अन्त्य गर्ने व्यवस्था नगरेको दाबी गरे । उनले संविधानमा दलित समुदायको हक र अधिकार भन्नु नै दलितको र उत्पीडन रही रहन्छ भन्ने रहेको बताए । दलित भनेर छुवाछुत गर्नेकुरालाई जघन्य अपराध मानेर जन्मकैदको फैसलाको व्यवस्था संविधानमा गर्नुपर्ने उनले बताए । 

सांसद गौतमले छुवाछुत र भेदभावलाई जघन्य अपराध घोषणा गर्न माग गरे । ‘हामीले कलंक बोकेर संसारको सबैभन्दा उत्कृष्ट संविधान भन्छौँ । उत्कृष्ट संविधान हो, जसले दलित र उत्पीडित व्यवस्थालाई समर्थन गर्छ ? भाषा त्यस्तै छैन, त्यो भन्दा अर्को अर्थ लाग्दैन । हामी उनीहरुलाई खुशी बनाउन चकलेट दिन चाहन्छौँ, चुप लागेर बस भनेर । कसको निम्ति ? त्यही उत्पीडन गर्ने समुदायको निम्ति ? भेदभाव र छुवाछुत गर्नेलाई आजीवन कारावासको सजाय हुनुपर्छ । छुवाछुत र भेदभाव गर्नेलाई जघन्य अपराध घोषणा गरौँ ।’ उनले भने । 

Logo