सभामुखको अधिकार कटौती गर्नेकुरा गलतः सांसद देवकोटा

सभामुखको अधिकार कटौती गर्नेकुरा गलतः सांसद देवकोटा


राष्ट्रिय सभा सांसद खिमलाल देवकोटाले सभामुखको अधिकारलाई कटौती गर्नेकुरा गलत भएको बताएका छन् । 

आईतवार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद देवकोटाले यस्तो बताएका हुन् । उनले अनावश्यक रुपमा सभामुखको अधिकारलाई कटौती गर्ने, हस्तक्षेप गर्ने वहस चलिरहेको बताए । प्रतिनिधि सभामा छलफलमा रहेको यो प्रावधान राष्ट्रिय सभामा पनि आउनसक्ने भन्दै उनले चिन्ता व्यक्त गरे । 

राष्ट्रिय सभामा पनि अध्यक्षको अधिकार कटौतीको विषयले प्रवेश पाउनसक्ने भन्दै त्यस्तो नगर्न आग्रह गरे । 

Logo