सन्दिपविरुद्धको बलात्कार मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै

सन्दिपविरुद्धको बलात्कार मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै


नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको जबरजस्तीकरणी मुद्दामा आज अन्तिम सुनुवाइ हुने भएको छ ।

'फास्ट ट्र्याक'बाट मुद्दा सकाउन सर्वोच्च अदालतको आदेशपछि जिल्ला अदालत काठमाडौंमा आजलाई अन्तिम सुनुवाइको पेसी तोकिएको छ। 
सन्दीपविरुद्ध नाबालिग बालिकालाई बलात्कार गरेको अभियोग छ ।

सन्दीपले गत भदौ ५ को राति सिनामंगलस्थित एक होटलमा लगेर पटकपटक बलात्कार गरेको अभियोगपत्रमा उल्लेख छ। नाबालिगका तर्फबाट भदौ २१ मा प्रहरीमा जाहेरी परेको थियो । तर लामिछानेलाई कात्तिक १८ गते जिल्ला अदालतले थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।

Logo