नेपाली भूमिमा भारतीयको दादागिरीदेखि नेकपा विवाद थप पेचिलो बन्दैसम्म (भिडियोसहित)

नेपाली भूमिमा भारतीयको दादागिरीदेखि नेकपा विवाद थप पेचिलो बन्दैसम्म (भिडियोसहित)


काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये भारतीय पक्षले लिम्पियाधुरा, लिपुलेक र कालापानी लगायतका क्षेत्रमा नेपालीहरुको प्रवेश रोक्न जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्र पठाएको छ । गुन्जी, कालापानी र लिम्पियाधुरा भारतीय भूमि रहेको दाबी गर्दै भारतीय पक्षले ती क्षेत्रमा नेपालीहरुको अवैध प्रवेश रोक्न भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्र पठाएको हो ।

त्यस्तै स्वास्थ्य अधिकार र सूर्तिजन्य नियन्त्रण नेटवर्कका संयोजक शान्तराम मुल्मीले सूर्तीजन्य पदार्थको सेवनबाट नेपालमा प्रतिवर्ष २७ हजार १ सय ३७ जनाको ज्यान जाने गरेको बताएका छन् । नेटवर्कको समन्वयमा रिसोर्स सेन्टर फर प्राइमरी हेल्थ केयरले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । सहज पहुँचका कारण ग्रामिण क्षेत्रमा ३९ दशमलव २ प्रतिशतले सुर्तीजन्य पदार्थको सेवन गर्ने गरेको उनको भनाइ छ ।

सरकारले लकडाउनको अन्त्य गरेसँगै कोरोना भाइरसको जोखिम बढेको छ । लकडाउनको अन्त्य भएसँगै बजार, सडक तथा व्यापारीक स्थानमा भीडभाड बढ्दा कोरोना भाइरसको जोखिम बढेको हो ।

त्यस्तैगरी लामो समयपछि होटल व्यवसायीहरु होटल सञ्चालन गर्ने तयारीमा जुटेका छन् । सरकारले लकडाउन अन्त्यको घोषणा गरेसँगै होटल व्यवसायीहरुले साउन १५ गतेदेखि होटल संचालनका लागि पूर्व तयारी सुरु गरेका हुन् ।

सत्तारुढ दल नेकपाको विवाद थप पेचिलो बन्दै गएको छ । सोमबार कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको बैठकले ओलीले स्थायी कमिटीको बैठक स्थगित गर्ने प्रस्ताव गरे अस्वीकार गर्ने निष्कर्ष निकालेसँगै नेकपा विवाद थप पेचिलो बन्दै गएको हो । खुमलटार बैठकमा अध्यक्ष दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागि थिए । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..

Logo