मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु


काठमाडौंको शंखरापुर नगरपालिका–१, तल्लो नाङ्लेभारेमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । स्थानीय ४२ वर्षीय रामबहादुर तामाङको मृत्यु भएको हो ।

उनको उपचारका क्रममा महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा हिजो राति सवा ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।मोटरसाइकल चालक शंखरापुर–३ का १५ वर्षीय राजेन्द्र तामाङको शंखरापुर अस्पतालमा उपचार भइरहेको  छ ।

जरसिंह पौवाबाट मेलम्चीतर्फ जाँदै गरेको बा४५प ५४४१ नम्बरको मोटरसाइकल हिजो साँझ करिब सवा ५ बजे पैदलयात्रीलाई ठक्कर दिएर पल्टिएको थियो । 

Logo