उदाउँदो सूर्यलाई अर्घ दिएसँगै सकियो चैती छठ

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै सकियो चैती छठ


तराई मधेशमा मनाइने चैती छठ आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिएसँगै सम्पन्न भएको छ ।

छठी माताको अनुष्ठानले सन्तान प्राप्ति, घर-परिवारमा सुख समृद्धि, एवं रोग निवारण हुने जनविश्वासको साथ तराई मधेशमा कार्तिक र चैतमा दुई पटक छठ मनाउने गरिन्छ। कार्तिकको तुलनामा चैती छठमा व्रतालुको संख्या कम हुन्छ।

व्रतालुहरूले आज बिहान जलाशयमा उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेका छन् । चैते छठमा मधेसमै सबभन्दा बढी वीरगन्जको घडीयर्वा र जनकपुरधामको गंगासागर घाट सजाइन्छ । यहाँ छठ हेर्न साँझ र बिहान घुइँचो देखिएकाे छ ।

हिजो साँझ अस्ताउँदो सूर्यलाई अर्घ चढाएको थियो । चार दिनसम्म मनाइने यो पर्वको पहिलो दिन ‘नहाय-खाय’, दोस्रो दिन ‘खरनाु’ तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ । अन्तिम दिन आज उदाउँदो सूर्यलाई अर्घ अर्पण गरियो । पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले पनि छठ मनाइन्छ ।

सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको छ ।

Logo