ताप्लेजुङमा भरुवा बन्दुकको छर्रा लागेर एकजनाको मृत्यु

ताप्लेजुङमा भरुवा बन्दुकको छर्रा लागेर एकजनाको मृत्यु


शिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर एकजनाको मृत्यु भएको छ। आठराई त्रिवेणी गाउँपालिका–३ हाङपाङमा शिकार खेल्ने क्रममा ५८ वर्षीय ललित गुरुङको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक कुशराम कार्कीका अनुसार शिकार खेल्न सँगै गएका ५२ वर्षीय वीरबहादुर गुरुङले चलाएको भरुवा बन्दुकको छर्रा लागेर ललितको घटनास्थल मै मृत्यु भएको हो । 

सोमबार राति करिब १० बजे कालिदह जंगलमा शिकार खेल्ने क्रममा बन्दुकको छर्रा लागेर मृत्यु भएको हो । घटना लगत्तै वीरबहादुरलाई भरुवा बन्दुकसहित नियन्त्रणमा लिइएको छ । मृतक गुरुङको शव भने कानुनी प्रक्रिया पूरागरि पोष्टमार्टमको लागि सदरमुकाम लगिने जनाइएकाे छ । 

Logo