विष्णु पौडेल कार्यकर्ता भड्काउन अछाम पुगे- भीम रावल

विष्णु पौडेल कार्यकर्ता भड्काउन अछाम पुगे- भीम रावल


नेकपा एमालेका नेता डा. भीम रावलले पार्टी उपाध्यक्ष विष्णु पौडेल कार्यकर्ता भड्काउन अछाम पुगेको आरोप लगाएका छन्।

सोमबार अछामको साँफेमा आयोजित पार्टीको ग्रासरुट कार्यक्रममा उपाध्यक्ष पौडेल, प्रदेश इन्चार्ज लेखराज भट्ट, सह इन्चार्ज कर्ण थापा, प्रदेश अध्यक्ष दामोदर भण्डारीलगायत उपस्थित रहेकाे थियाे ।  

सो कार्यक्रममा उपाध्यक्ष पौडेलले आपत्तिजनक अभिव्यक्ति राखेपछि इमानदार कार्यकर्ताले प्रतिकार गरेको रावलले स्पष्ट पारे ।

धनगढीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले कसैप्रति विवाद र विरोध नगर्ने सहमति हुँदाहुँदै पनि त्यसको विपरीत कार्यकर्ता भड्काउने अभिव्यक्ति दिएको टिप्पणी गरोका हुन् ।

Skip This
Logo