भागबन्डा पेचिलो बनिरहेका बेला प्रचण्डसँग छलफल गर्न एकीकृत समाजवादीका शीर्ष नेता बालुवाटारमा

भागबन्डा पेचिलो बनिरहेका बेला प्रचण्डसँग छलफल गर्न एकीकृत समाजवादीका शीर्ष नेता बालुवाटारमा


प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरू बालुवाटार पुगेका छन् । 

अध्यक्ष माधवकुमार नेपाल सम्मानित नेता झालनाथ खनाल महासचिव घनश्याम भुसाल र नेता प्रकाश ज्वाला  प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका हुन् ।

सरकारमा सहभागी हुने तयारीमा रहेको एकीकृत समाजवादीले गृहसहित तीन मन्त्रालय पाउनुपर्ने अडान राख्दै आएको छ । तर गृह मन्त्रालय माओवादी केन्द्र आफैले राख्ने बताउँदै आएको छ ।

एकीकृत समाजवादीले गृहको दाबी गरे पनि सहमतिमा अन्य कुनै तीन मन्त्रालय पाए सहमति जुट्ने नेताहरूले बताएका छन् ।  अहिले प्रधानमन्त्री र समाजवादीका नेताहरुबीच छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ । 

Logo