मिटरब्याज पीडितको माग सम्बोधन गर्न सरकारद्वारा समिति गठन

मिटरब्याज पीडितको माग सम्बोधन गर्न सरकारद्वारा समिति गठन


सरकारले मिटर ब्याज पीडितहरूको समस्या समाधान गर्नका लागि समिति गठन गरेको छ ।

बर्दिबासदेखि ११ दिन हिँडेर आइतबार बिहान काठमाडौँ आइपुगेका मिटरब्याज पीडितहरूले सोमबार दिनभर नाराबाजी गरेका थिए । सोमबार राति खुलामञ्चमा बास बस्न चाहेका उनीहरूलाई महानगरपालिकाले रोक लगाएपछि रत्नपार्कको सडक पेटीमै बास बसेका थिए ।

 

समितिमा गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्मा, गृह मन्त्रालयकै उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जंगबहादुर डङ्गा छन् ।

मिटर ब्याजपीडितहरूले कष्टपूर्ण संघर्षसहितको आन्दोलन थालेपछि सरकारले आवश्यक पहल थालेको छ । सरकारले पीडितहरूको समस्या समाधान गर्ने सम्बन्धी कानुनी व्यव्यवस्था गर्ने विधेयक मंगलबार मन्त्रिपरिषद्ममा छलफलका लागि लैजाने तयारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Logo