१६ सांसद भारत भ्रमणमा

१६ सांसद भारत भ्रमणमा


१६ सांसदहरु भारत भ्रमणमा गएका छन् । उनीहरु नेपाल वायुसेवा निगमको उडानमा आज बिहान साढे ८ बजे नयाँ दिल्लीतर्फ प्रस्थान गरेका हुन् ।

संसद सचिवालयका अनुसार टोलीमा १६ जना सांसद छन् । जसमा प्रतिमा गौतम, मैना कार्की, सीता मिजार, शान्ती विक, मेनुका पोखरेल र बलराम अधिकारी हुन् ।त्यसैगरी नारायण आचार्य, सरज अहमद फारुख, माधव सापकोटा, मीना तामाङ, ढाकाकुमार श्रेष्ठ र शेरबहादुर कुँवर पनि आज नयाँ दिल्ली गएको टोलीमा छन् । अन्य सांसदहरुमा अरविन्दकुमार महतो, दिपेन्द्रकुमार ठाकुर, मनिन्द्र डंगोल र भुवन खत्री छन् ।

Logo