विराटनगर झडपमा १७ राउण्ड हवाई फायर, २० भन्दा बढी घाइते

विराटनगर झडपमा १७ राउण्ड हवाई फायर, २० भन्दा बढी घाइते


प्रदेशको नाम कोशी राखेको विरोधमा आन्दोलनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा विराटनगरमा २० भन्दा बढी घाइते भएका छन् ।

मंगलबार दिउँसो विराटनगरको रोडशेष चोकमा दुई पक्षबीच झडप भएको थियो । झडपमा प्रहरी र आन्दोलनकारी दुवै तर्फ गरी २० भन्दा बढी घाइते भएका हुन् । प्रदर्शनकारीलाई लखेट्न प्रहरीले १७ राउण्ड हवाई फायर गरेको छ । ४४ सेल अश्रुग्यास प्रहार गरेको छ । 

पहिचानको आधारमा प्रदेशको नामकरण गर्नुपर्ने र कोशी नाम खारेज गर्नुपर्ने माग गर्दै विभिन्न दल र संघसंस्थाका कार्यकर्ताहरु विराटनगरको होटल बिगमा आयोजित कार्यक्रममा प्रदेशसभा सदस्यहरु सहभागी हुने जानकारी पाएपछि घेर्नका लागि विराटनगर आएका थिए ।

Logo