मोटरसाइकल दुर्घटना हुँदा श्रीमान र श्रीमतीको मृत्यु, छोरी घाइते भईन

मोटरसाइकल दुर्घटना हुँदा श्रीमान र श्रीमतीको मृत्यु, छोरी घाइते भईन


ललितपुरको महांकालमा भएको मोटरसाइकल दुर्घटनामा एक दम्पतीको मृत्यु भएको छ । 

महांकाल गाउँपालिका–१ बुखेल रातोपहिरोमा मंगलबार बा ३९ प ४८९९ नम्बरको मोटरसाइकल दुर्घटनामा ३५ वर्षीय विष्णुप्रसाद फुँयाल र उनकी ३४ वर्षीया श्रीमती सृजना फुँयालको मृत्यु भएको प्रहरीले जनाएको छ । सोही दुर्घटना मृतकका  ५ वर्षीया छोरी सृजला फुँयाल गम्भीर घाइते भएकी छन् । सृजनाको पाटन अस्पतालमा उपचार भइरहेको छ।

उनीहरु सवार उक्त मोटरसाइकलमा अनियन्त्रित भई सडकबाट करिब ४ सय मिटर तल खसेको थियो । 
 

Logo