#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1328006657667549527927750599
नेपाल1706138669510328

१९ सांसदको पदावधि सकिंदैदेखि भोलि राजधानीमा यातायात प्रभावित हुनेसम्म (भिडियो सहित)

काठमाडौं,

केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका टप ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

केन्द्रबिन्दु टप ५ समाचार मध्ये भोलि शनिबार काठमाडौंमा सवारी प्रभावित हुने समाचार प्रमुखरुपमा आएको छ । म्याराथन दौड शनिबार बिहान ७ बजे दशरथ रङ्गशालाबाट शुरु भई टेकु, कालिमाटी, कलङ्की, बल्खु, सातदोबाटो, कोटेश्वर गठ्ठाघर, सल्लाघारी, सूर्यविनायकहुँदै पुनःफर्किएर सल्लाघारीबाट कोटेश्वर हुँदै नयाँबानेश्वर, माइतीघर, सिंहदरबार, भद्रकाली, वीरअस्पताल, जमल, लैनचौर, दरबारमार्ग, उत्तरढोका, नागपोखरी, दक्षिणढोका, घण्टाघर, भद्रकाली हुँदै दशरथ रङ्गशालामा पुगेर समापन हुनेछ । सागमा नेपालको उत्कृष्ट प्रर्दशनको समाचार पनि आज चर्चामा छ ।

यस्तै घुस खाने प्रमुख जिल्ला अधिकारीलाई निलम्बन गरिएको समाचार तथा ग्लोबल आइएमई बैंक र जनता बैंक गाभिएको समाचार पनि आज प्रमुखरुपमा आएको छ । यसैगरि अर्थान्त्रीदेखि १९ राष्ट्रिय सभा सांसदको पद रिक्त हुन लागेको समाचार र मिस वर्ल्डमा भिड्दै अनुष्का श्रेष्ठ लगायतका समाचार पनि आज टप ५ मा परेको छ । थप समाचार हेरौं यो भिडियोमा :

सम्बन्धित समाचारहरु

ताजा समाचार