#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व20153983736177642374312994063
नेपाल2331079673816493

८१ स्वर्णसहित भारत शीर्ष स्थानमा (पदक तालिका सहित)

काठमाडौं,

तेह्रौँ दक्षिण एशियाली खेलकुद (साग) मा भारत पदक तालिकाको शीर्ष स्थानमै रहेको छ । नेपाल पदक तालिकाको दोस्रो स्थानमा कायमै छ ।

शुक्रबारका खेल सकिँदासम्म भारतले ८१ स्वर्ण, ५९ रजत र २५ कास्यसहित कूल १६५ पदक जितेको छ । नेपाल ४१ स्वर्ण, २७ रजत र ४८ कास्यसहित कूल ११६ पदक जितेको छ । यस्तै श्रीलङ्का २३ स्वर्ण, ४२ रजत र ६९ कास्यसहित तेस्रो, पाकिस्तान १९ स्वर्ण, २५ रजत र २९ कास्यसहित चौथो, बङ्गलादेश चार स्वर्ण, १८ रजत र ५१ कास्यसहित पाँचौँ, माल्दिभ्स एक स्वर्ण र दुई कास्य जित्दै छटौँ तथा भूटान छ कास्यसहित पदक तालिकाको अन्तिम स्थानमा छ ।

नेपालले शुक्रबार गल्फमा दुई तथा पौडी, एथलेटिक्स र भारोत्तोलनमा एक एक स्वर्ण पदक जितेको हो ।

साग पदक तालिका

देश            स्वर्ण     रजत     कास्य   जम्मा
भारत          ८१        ५९       २५      १६५
नेपाल          ४१       २७        ४८      ११६
श्रीलङ्का        २३       ४२        ६९       १३४
पाकिस्तान    १९       २५        २९       ७३
बङ्गलादेश     ४        १८         ५१      ७३
माल्दिभ्स       १        ०            २       ३
भूटान            ०       ०            ६       ६

सम्बन्धित समाचारहरु