#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व20153983736177642374312994063
नेपाल2331079673816493

काभ्रेको पनौती अब साक्षर नगर घोषित

काभ्रे,

काभ्रेको पनौती नगरपालिकालाई शुक्रबार साक्षर नगर घोषणा गरिएको छ । ०६८ को जनगणना अनुसार नगरपालिकाको ४५ हजार ५७७ कुल जनसङ्ख्यामध्ये हालसम्म ४३ हजार ३२० जनसङ्ख्या (९५ दशमलव शून्य ५ प्रतिशत) साक्षर गराई सो घोषणा गरिएको हो । सङ्घीय सांसद गङ्गाबहादुर तामाङले साक्षर नगर घोषणा गर्दै अब समाजमा रहेका विकृति र विसङ्गति पनि चिर्न सक्ने काम गर्न सबै मिलेर अगाडि बढ्न आवश्यक रहेकामा जोड दिनुभयो ।

कार्यक्रममा शिक्षा विकास निर्देशनालय प्रदेश नं ३ का निर्देशक चन्द्रप्रसाद लुइँटेलले अबको नागरिक पढ्न जानेर मात्रै नभई प्रविधि चलाउन जान्ने हुनुपर्ने बताउनुभयो । काभ्रे जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाईंले गुणस्तरीय शिक्षा पनि उत्तिकै आवश्यक रहेको बताउनुभयो । ज्ञानविकास सिकाइ केन्द्रका ओमकृष्ण श्रेष्ठले सिकाइ केन्द्रका तर्फबाट साक्षर नगर घोषणा गर्नका लागि निरन्तर रुपमा १२ वटा वडामा साक्षर कक्षा सञ्चालन गरिएको बताउनुभयो ।

नगरपालिका प्रमुख भीमप्रसाद न्यौपानेले बाँकी निरक्षरलाई पनि कार्यक्रममा साक्षर बनाउने अभियानमा निरन्तरता दिइने बताउनुभयो । साक्षर नगर घोषणा गर्न सहयोग पु¥याउने नगरपालिका र विभिन्न सङ्संस्थाहरुलाई प्रशंसापत्र वितरण गरिएको थियो । विश्वव्यापी अभ्यास अनुसार १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत नागरिक साक्षर भएको स्थानीय तह, जिल्ला वा राष्ट्रलाई साक्षर घोषणा गर्न सकिनेछ ।

सम्बन्धित समाचारहरु