युरो छनोटमा उपाधिको बलियो दाबेदार स्पेन स्कटल्याण्डसँग पराजित भएको छ।
गएराति ह्याम्पडेन पार्कमा युरो २०२४ को छनोट खेलमा स्कट म्याकटोमिनेले २ गोल गरेपछि बलियो टोली स्पेन २-० गोल अन्तरले पराजित भएको हो।
खेलको सातौं मिनेटमा म्याकटोमिने गोल गर्दै स्कटिस टोलीलाई सुरूआती अग्रता दिलाएका थिए। पहिलो हाफसम्म १-० ले पछि परेको स्पेनले खेलमा फर्कने केही राम्रा मौका पाए पनि सदुपयोग गर्न सकेन। यो सँगै स्कट्ल्याण्डले सन् १९८४ पछि स्पेनलाई पहिलो पटक हराएको हो।
प्रतिक्रिया