यस वर्ष ५ लाख भन्दा बढिले एसइई दिँदै, छात्राभन्दा छात्रको संख्या बढी

यस वर्ष ५ लाख भन्दा बढिले एसइई दिँदै, छात्राभन्दा छात्रको संख्या बढी


यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) यही शुक्रबारबाट शुरु हुँदैछ । परीक्षामा पाँच लाख १६ हजार ५९१ परीक्षार्थी सहभागी हुने एसइईका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले जानकारी दिए ।

उनकाअनुसार पाँच लाख १६ हजार ५९१ परीक्षार्थीका लागि देशभरका ७७ जिल्लामा दुई हजार ३६ परीक्षा केन्द्र कायम गरिएको छ । जापानी विद्यार्थीका लागि जापानमै केन्द्र राखिएको छ ।  तीमध्ये १४ जना जापानबाट एसइईमा सहभागी हुन लागेका हुन् ।

यस वर्ष छात्राभन्दा छात्रको संख्या बढी रहेको छ । दुई लाख ६० हजार ६७४ छात्र र दुई लाख ५५ हजार ९१७ छात्रा परीक्षामा सहभागी हुने श्रेष्ठको भनाई छ ।

Logo