अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिना विजयी

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिना विजयी


बुधबार बिहान भएकाे अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा कुरासाओविरुद्ध अर्जेन्टिनाले ७-० गाेलको फराकिलो विजय हासिल गरेको छ । 

मेसीले २०औँ मिनेटमा गरेको गोलबाट अर्जेन्टिनाले अग्रता लिएको थियो । जुन मेसीको १००औँ गोल थियो । उनले जियोभानी लो सेल्सोको पासलाई नियन्त्रणमा लिँदै विपक्षी रक्षकलाई कटाएर हानेको प्रहार कुरासाओका गोलकिपर इलोए रुमले ठम्याउन सकेनन् । 

त्यसको तीन मिनेट वित्न नपाउँदै निकोलस गोन्जालेजले अर्जेन्टिनाको अग्रता दोब्बर बनाए । ३३औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका मेसीले ३७औँ मिनेटमा ह्याट्रिक पूरा गरेका थिए । यससँगै मेसीको अन्तर्राष्ट्रिय गोलसंख्या १०२ पुगेको छ । 

यससँगै रोनाल्डो अर्जेन्टिनाबाट १०० गोल पूरा गर्ने पहिलो खेलाडी बनेका छन् । कतार विश्वकपको उपाधि विजेता मेसीले गत बिहीबार पानामाविरुद्ध गोल गर्दै व्यवसायिक करिअरमा ८०० गोल पूरा गरेका थिए । ३५ वर्षे मेसीले १७४ खेलमा १०० गोलको कोशेढुंगा पार गरेका हुन् । मेसीले २००६ मार्च १ मा क्रोएसियाविरुद्धको मैत्रीपूर्ण खेलमा पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए । 

Logo