मन्त्रिपरिषद् विस्तारबारे निर्णायक छलफलमा गठबन्धन

मन्त्रिपरिषद् विस्तारबारे निर्णायक छलफलमा गठबन्धन


सत्तारुढ गठबन्धनको बैठक बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा सुरु भएको छ।बैठकमा मन्त्रिपरिषद् विस्तार, सरकारको ल्याउने साझा न्यूनतम साझा कार्यक्रमलगायतका विषयमा छलफल भइरहेको छ ।

यसअघि मंगलबार बेलुकी करिब २ घण्टा बसेको बैठकमा मन्त्रीबारे टुंगो लाग्न नसकेपछि सरकारले ल्याउने न्यूनतम साझा कार्यक्रम बाँडिएको थियो । दलहरुले अध्ययन गरेर आजको बैठकमा सुझाव राखिरहेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत १० गतेभित्र मन्त्रीपरिषद् बिस्तार गर्ने भने पनि गठबन्धनका दलहरुले हैसियतभन्दा बढी मन्त्री मागेपछि सरकारले पूर्णता पाउन सकेको छैन । अबको एक-दुई दिनमा मन्त्रीपरिषद् विस्तारको तयारी गरिएको छ।

Logo