लोकन्थलीमा अवरुद्ध भएको सडक प्रहरीले खुलायो

लोकन्थलीमा अवरुद्ध भएको सडक प्रहरीले खुलायो


भक्तपुरको लोकन्थली चोकमा एक जना चालकले बस तेर्स्याइदिएर भागेपछि अवरुद्ध भएको सडक प्रहरीले खुलाएको छ ।

ट्राफिक प्रहरीसँग विवाद भएपछि आज बिहान एक चालकले बा ५ ख ६६७४ नम्बरको बसलाई बाटो नै अवरुद्ध हुने गरी तेर्स्याएर भागेका थिए ।

बसको ह्याण्डिल लक गरिएको र चाबी पनि चालकले नै लिएर भागेपछि बसलाई हटाउन केही समय लागेको थियो । बाटो अवरुद्ध हुँदा सवारी साधनको जाम भएको थियो । 

Logo