रास्वपा सरकारमा हुनुपर्छ भन्ने सद्भाव काँग्रेस, माओवादीको छः सांसद परियार

रास्वपा सरकारमा हुनुपर्छ भन्ने सद्भाव काँग्रेस, माओवादीको छः सांसद परियार


राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले सत्तारुढ दलहरु नेपाली काँग्रेस र नेकपा(माओवादी केन्द्र) ले आफ्नो दललाई सरकारमा लान चाहेको बताएका छन् । 

बुधवार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक परियारले सत्तारुढ दलहरु नेपाली काँग्रेस र माओवादी केन्द्रको रास्वपा सरकारमा हुनुपर्छ भन्ने सद्भाव रहेको बताएका हुन् । उनले सरकारमा जाने सम्बन्धमा संवाद जारी रहेपनि हालसम्म टुंगो नलागेको बताए । 

उनले प्रधानमन्त्री पुष्पकमल दाहालको पनि आफूहरुप्रति सद्भाव रहेको बताए । ‘नेपाली काँग्रेस, माओवादी लगायत प्रधानमन्त्री स्वयंले पनि रास्वपा सँगै सरकारमा हुनुपर्छ भन्ने उहाँहरुको सद्भाव त छ । तर अहिलेको हाम्रो आवश्यकता उपनिर्वाचन हाम्रो लागि महत्वपूर्ण छ । संवाद जारी छ । तर टुंगिएको छैन । मलाई लाग्छ आज भोलीमा टुंगिन्छ ।’ उनले भने ।  
 
सांसद परियारले आफ्नो पार्टी वैशाख १० गते हुने उपनिर्वाचनका लागि केन्द्रित भइरहेको बताए । 

Logo