चितवन पुगेर प्रधानमन्त्रीले भने- आजै मन्त्रिमण्डल विस्तार गर्ने तयारीमा छाैँ

चितवन पुगेर प्रधानमन्त्रीले भने- आजै मन्त्रिमण्डल विस्तार गर्ने तयारीमा छाैँ


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै मन्त्रिमण्डल विस्तार गर्ने तयारी रहेको बताएका छन्। 

चितवनको भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवनको आज बिहान आयोजित शिलान्यास कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भने, ‘सकेसम्म आजै मन्त्रिमण्डल विस्तार गरेर शपथग्रहण गराउने मेरो लक्ष्य छ। आज सकिएन भने भोलि बिहान होला। काम हाम्रो सकिएको छ। एक/दुईवटा मन्त्रालय मिलाउन बाँकी छ। अरु टुंगिएको छ ।’ 

साथै प्रधानमन्त्री प्रचण्डले नेपालको राजनीतिक स्थायित्व र विकासलाई नयाँ गति दिन आफू प्रधानमन्त्री भएको पनि बताएका छन् । ‘मलाई विश्वास छ अव राजनीतिक स्थायित्वले पनि अव नयाँ आधार प्राप्त गर्नेछ, मेरो चरित्र र विशेषता भनेको सबैलाई मिलाएर जाने नै हो त्यसका लागि म पुरै तागत लगाउँछु ।’ उनले भने ।

प्रधानमन्त्री प्रचण्ड चितवन जाने भएपछि आज बसेको सत्तारुढ गठबन्धनको बैठक निष्कर्ष बिहिन हुन पुगेको थियो । उनी चितवनवाट फर्केपछि पुनः बैठक बसी मन्त्रालयको संख्या र मन्त्रालय भागबन्डा हुने जनाइएको छ ।

Logo