आइमा इलेक्ट्रिक स्कुटरले ल्यायो नयाँ वर्षका अवसरमा बम्पर अफर

आइमा इलेक्ट्रिक स्कुटरले ल्यायो नयाँ वर्षका अवसरमा बम्पर अफर


आइमा इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारीक वितरक नयाँ वर्षको अवसरमा बम्पर छुटको अफर ल्याएको छ । 

‘नयाँ बर्षको बहार आइमामा उपहार’ नामक यस अफरअन्तर्गत आइमाका विभिन्न मोडलका स्कुटरको खरिदमा २५ हजार रुपैयाँसम्मको बम्पर छुट प्राप्त हुनेछ । यसमा ग्राहकहरूले १ लाख ८४ हजार मूल्यको टाइगर एस३ मोडल खरिद गर्दा २४ हजार र ३ लाख ३३ हजार मूल्यको टाइगर एस६११ खरिद गर्दा २५ हजार रुपैयाँ छुट प्राप्त गर्ने कम्पनीले जनाएको छ । 

साथै ग्राहकहरूले आइमाको हरेक स्कुटरको खरिदमा एउटा हेलमेट सित्तैमा उपहार पनि पाउन सक्नेछन् । चालु आर्थिक वर्षको कर समेत आइमाको बिक्रीकर्ताले नै भुक्तान गरिदिनेछ भने ईएमआई फाइनान्सिङ र एक्सचेन्जको सुविधालाई समेत यथावत राखिएको कम्पनीको भनाई छ । 

त्यसैगरी अन्य कम्पनीका पेट्रोल वा विद्युतबाट चल्ने पुराना बाइक तथा स्कुटर आइमा बिक्रेताको शोरुमबाट साटेर नयाँ आइमा स्कुटर खरिद गर्न सकिने सुविधासमेत उपलब्ध गराइएको छ । यो बम्पर अफर आगामी २०८० बैशाख ३१ गते सम्मको लागि मान्य हुनेछ । 

Logo