रजनीकान्तको ‘बाबा’ ले टुंग्याएको मनिषा कोइरालाको साउथ करियर

रजनीकान्तको ‘बाबा’ ले टुंग्याएको मनिषा कोइरालाको साउथ करियर


बलिउड अभिनेत्री तथा नेपाली चेली मनिषा कोइरालाले रजनीकान्तको तमिल फिल्म ‘बाबा’ बक्सअफिसमा फ्लप भएपछि आफूलाई साउथ फिल्मबाट अफर आउन बन्द भएको खुलासा गरेकी छन् । यद्यपि यो फिल्म सन् २०२२  डिसेम्बरमा पुनः रिलिज हुँदा भने हिट भएको थियो ।

 मनिषाले ‘बम्बे’, ‘इण्डियन’ र ‘मुधालवन’ जस्ता साउथ फिल्ममा पनि अभिनय गरेकी थिइन् । जुन फिल्मलाई दर्शकले निकै मनपराएका थिए । ‘बाबा’ सन् २००२ मा रिलिज भएको थियो । तर फिल्म फ्लप भएपछि साउथ फिल्ममा उनको करियर करिब समाप्त नै भएको थियो ।
हालैमात्र ट्वीटरमा मनिषाको एक अन्तरवार्ताको क्लिप भाइरल भइरहेको छ ।

जहाँ उनले ‘बाबा’ फ्लप भएपछि उनको करियरको बारेमा परेको असरबारे सुन्न सकिन्छ। ‘बाबा मेरो तमिल फिल्म उद्योगमा अन्तिम ठूलो फिल्म थियो । यो फिल्म त्यो बेला यति नराम्रो गरी फ्लप भयो कि डिजास्टर नै साबित भयो । यो फिल्मबाट आम दर्शकमा धेरै अपेक्षा थियो । जब फ्लप भयो, त्यसपछि मलाई लाग्यो कि मेरो करियर समाप्त भयो’, उनले भनेकी छन् ।

मनिषाका अनुसार ‘बाबा’ अघि उनले कैयौं साउथ फिल्ममा काम गरेकी थिइन् । ‘बाबा फ्लप भएपछि मलाई फिल्मको अफर आउन बन्द भयो । तर रजनीकान्तको जन्मदिनमा पुनः यो फिल्म रिलिज गरिएपछि २० वर्षपछि सफलता पायो’, मनिषा भन्छिन्, ‘यो अनौठो कुरा हो । जब फिल्म हालैमात्र पुनः रिलिज भयो, तब हिट साबित भयो । रजनी सर कहिल्यै पनि फ्लप फिल्म दिनुहुन्न । उहाँसँग काम गर्न निकै मजा आउँछ ।

Logo